काठमाडौं– भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले निट पेपर लिक प्रकरणको विरोधमा भइरहेको प्रदर्शनपछि राजीनामा दिएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा आफ्नो राजीनामा प्रधानमन्त्रीलाई पठाएको जानकारी दिएका छन् ।
उनले भने, ‘देशको एकता कायम रहोस् र विद्यार्थीहरूको भविष्य सुरक्षित होस् भन्ने ध्यानमा राख्दै मैले राजीनामा बुझाएको छु ।’
यसअघि कक्रोच जनता पार्टी (सीजेपी) लगायत विपक्षी दलहरूले दिल्लीको जन्तर–मन्तरमा झण्डै एक महिनादेखि प्रदर्शन गर्दै शिक्षामन्त्रीको राजीनामा माग गरिरहेका थिए ।
कांग्रेससहितका अन्य विपक्षी दलले पनि उक्त मागलाई समर्थन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















