काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन वा रूस इरानविरुद्धको युद्धमा प्रत्यक्ष रूपमा संलग्न नरहेको बताएका छन् ।
तर, यदि यी दुई देशले युद्धमा हस्तक्षेप गरे त्यसको नतिजा उनीहरूका लागि राम्रो नहुने चेतावनी दिएका छन् ।
ट्रम्पका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानलाई हतियार नदिने आश्वासन दिएका छन् ।
यद्यपि युद्धमा संलग्न भए रूस–चीनमाथि अमेििरकी आक्रमण हुनसक्छ ।
उनले इरानसँग वार्ता जारी रहेको उल्लेख गर्दै परमाणु हतियार बनाउन भने अनुमति नदिने दोहोर्याए ।
यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु इरानसँगको युद्धपछि पहिलो पटक सोमबार अमेरिका पुगेर ट्रम्पसँग भेटवार्ता गर्ने भएका छन् ।
बढ्दो तनावका बीच ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ भने इरानले कुवेतस्थित अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण गरेको दाबी गरिएको छ ।


विश्व खबर 




















