काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्कर्षमा रहेको मध्यपूर्व युद्धबीच इरानमा नयाँ आक्रमण योजना सार्वजनिक भएपछि तेहरान समर्थित हुथी विद्रोहीहरूले शनिबार साउदी अरबियामा मिसाइल आक्रमण गरेको दाबी गरेको छ ।
योसँगै लगातार १३औँ रात अमेरिकी सेनाले इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरेपछि शनिबार पुनः आक्रमणको घोषणा गरेको छ ।
यद्यपी हुथी विद्रोहीहरूले दक्षिणी साउदी सहर जिजानमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गर्दै यस क्षेत्रमा द्वन्द्व फैलिएको केही समयअघि इरानमाथि ठूलो आक्रमण गर्ने तयारी तथा निर्णय नगरेको ट्रम्पले बताएका छन् ।
विद्रोहीहरूले शीर्ष तेल उत्पादकले समुद्री नाकाबन्दीको घोषणा पछि र लाल सागरमा यसका जहाजहरूमा प्रहार गरेको तथा हुथीहरूले अमेरिकी सहयोगी रियादको सैन्य लक्ष्यहरूमा आक्रमण गरेपछि युद्धको खतरनाक वृद्धि भएको आरोप लगाएका थिए ।
गत फेब्रुअरीमा तेहरानमा अमेरिका–इजरायली आक्रमण पछि यस क्षेत्रलाई समेटेर युद्ध भड्किएको र महत्त्वपुर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजमा इरानको समानान्तर नाकाबंदीको उत्कर्षमा पुगेको जनाइएको छ ।
रियादको नागरिक सुरक्षा एजेन्सीले शनिबार प्रभावित सहरका बासिन्दाहरू र यानबुहरुको लागि चेतावनी जारी गरेको थियो ।
साउदी नेतृत्वको गठबन्धनले हुथीको केन्द्रहरूमा आक्रमण गरेको र लाल सागरको जहाजमा आक्रमणको प्रतिक्रियामा व्यापारिक जहाजहरूलाई धम्की दिने लक्ष्यहरू नष्ट गरेको बताए पछि यो चेतावनी जारी गरिएको हो ।
यमनको एक सुरक्षा स्रोतलाई बताउदै एएफपीले होदेइडाको बन्दरगाह सहरमा रहेको नौ–सैनिक आधार र कामरान टापुमा रहेको सैन्य शिविर साउदी लक्ष्यमा रहेको बताएको छ ।
हुथीहरूले यस हप्ताको सुरुमा दुईवटा साउदी जहाजहरूमा आक्रमण गरेको दाबी गरेको छ भने साउदी अरेबियाले लाल सागरमा भएको एउटा आक्रमणको पुष्टि गरेको छ ।
हाल तेहरान वासिङ्टनसँगको वार्तामा गम्भीर हुँदै जाँदा ट्रम्पले इरानमाथि ठूलो अपरेशन हुने बताएपछि तनाव बढेको हो ।
यद्यपी इरानलाई कडा प्रहार गर्ने निर्णय गरेको हो ? भनेर सोधिएको प्रश्नमा ट्रम्पले पत्रकारहरूलाई यस्तो कुनै योजना नभएको र हाललाई युद्धबाट निराश भएको बताएको जनाइएको छ ।
लगभग दुई हप्ताको अमेरिकी आक्रमणले युद्ध–विरामलाई बिगारेपछि इरानसँग सम्झौता गर्ने वा अझै उच्चस्तरको आक्रमणको सामना गर्ने मध्ये एक विकल्प रहेको ट्रम्पले बताएका छन् ।
ट्रम्पले युद्ध चार वा पाँच हप्ता चल्ने बताउँदै इरान आणविक हतियार विकास गर्ने विषयमा सम्झौतामा नआएसम्म आक्रमण जारी रहने उल्लेख गरेका छन् ।
यसैबीच अमेरिकाले इरानले महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुज बन्द गर्नबाट रोक्नका लागि आक्रमण गरिरहेको पनि बताउँदै आएको छ ।
इरानले भने अमेरिकी अड्डाहरूमा भएको आक्रमणको जवाफी आक्रमणमा चार जना सैनिकको मृत्यु भएको जनाइएको छ ।
इरानी सेनाले शुक्रबार बहराइन, जोर्डन र कुवेतमा अमेरिकी सैन्य सम्पत्तिहरूलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।
यसैबीच, इरानको रिभोलुसनरी गार्डले बहराइनको अमेजन डाटा सेन्टरलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।
संयुक्त राज्य अमेरिकाबाट भने यसका सुविधाहरू वा कर्मचारीहरूलाई लक्षित गरेको कुनै पुष्टि भएको छैन ।
यसैबीच चिनियाँ विदेशमन्त्री वाङले मध्यपूर्व र खाडी क्षेत्रमा तनाव कम गर्ने उद्देश्यले वार्ता पुनः सुरु गर्न र समझदारी ज्ञापनपत्र कार्यान्वयन गर्न आह्वान गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।


विश्व खबर 




















