काठमाडौं– बैंकिङ समूहमा आएको मजबुत सुधारसँगै शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४ अंकमा पुगेको छ ।
यो जेठ २७ यताकै उच्च स्तर हो ।
आज ६ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार हुँदा बैंकिङ समूह १.१७ प्रतिशतले बढेर बजारलाई मुख्य टेवा दियो ।
१४३ कम्पनीको सेयर मूल्य बढ्दा ११८ कम्पनीको घट्यो ।
नयाँ सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढ्यो भने कारोबार रकमका आधारमा रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, कुमारी बैंक, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहे ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















