images
images
  • इरान युद्धमा मारिएका अमेरिकी सैनिकको संख्या १८ बाट घटाएर १४ पुर्‍याएपछि हंगामा

    वासिङ्टन डीसी– इरान युद्धमा मारिएका अमेरिकी सैनिकको आधिकारिक सङ्ख्यालाई लिएर अमेरिकामा विवाद चर्किएको छ ।

    पेन्टागनले आफ्नो सूचीमा मृतक सङ्ख्या १८ बाट घटाएर १४ पुर्‍याएपछि प्रश्न उठेको हो ।

    द न्युयोर्क टाइम्सका अनुसार सूचीबाट हटाइएका चार सैनिकमध्ये तीन जनाको मृत्यु जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानी आक्रमणमा भएको थियो भने अर्का एक सैनिक इराकको एर्बिलमा इरानी ड्रोन निष्क्रिय पार्ने क्रममा मारिएका थिए ।

    पेन्टागनले यो तथ्याङ्कीय त्रुटि भएको दाबी गरे पनि केही अमेरिकी अधिकारीहरूले युद्धविरामपछि मृत्यु भएका सैनिकलाई आधिकारिक युद्ध सूचीबाट हटाइएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images