images
images
  • मोटरसाइकल पछाडि बसेर स्टन्ट गर्ने रास्वपा सांसद बब्लु गुप्पालाई छुट, चालकमाथि कारबाही

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले मोटरसाइकलको पछाडि उभिएर यात्रा गर्दै भिडियो खिचाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि सो मोटरसाइकलका चालकमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

    सिराहा ट्राफिक प्रहरीले मोटरसाइकल चालक पिताम्बर चौधरीलाई लापरबाहीपूर्ण ढंगले सवारी चलाएको ठहर गर्दै ५ सय रुपैयाँ जरिबाना गरेको जनाएको छ ।

    कारबाहीका लागि गुप्ता स्वयं चालकलाई साथ लिएर ट्राफिक प्रहरी कार्यालय, सिराहा पुगेका थिए ।

    घटनापछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि सांसद गुप्ताले आफ्नो आधिकारिक फेसबुकमार्फत सार्वजनिक रूपमा माफी माग्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    बब्लु गुप्ता रास्वपाबाट सिराहा निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images