नयाँदिल्ली– नेट परीक्षाको प्रश्नपत्र चुहावटको विरोधमा २७ दिनदेखि अनशनरत सोनाम वाङचुङले सरकारसँग केही मागमा लिखित आश्वासन पाएपछि शुक्रबार आफ्नो अनशन अन्त्य गरेका छन् ।
सरकारले आन्दोलनरत विद्यार्थीविरुद्ध मुद्दा नचलाउने, प्रश्नपत्र चुहावट र परीक्षा प्रणालीबारे संसदीय छलफल गर्ने तथा आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएको छ ।
तर शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको विषयमा कुनै सहमति हुन सकेन ।
वाङचुङले विद्यार्थीमाथिको कारबाही रोक्नु नै आफ्नो प्राथमिकता भएकाले अनशन अन्त्य गरेको बताए ।
यद्यपि, शिक्षामन्त्रीको राजीनामासहितका अन्य मागका लागि आन्दोलन भने जारी रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















