काठमाडौं– नेपाली बजारमा शुक्रबार सुन–चाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ हजार ८०० रुपैयाँ घटेर २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँ घटेर ४ हजार ३५० रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ४,०३१ अमेरिकी डलर आसपास कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















