images
images
  • १४ अंकले बढ्यो नेप्से, कारोबार ४.६७ अर्बमा सीमित

    काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.१७ अंकले बढेर २,७२६.०२ बिन्दुमा पुगेको छ।

    यद्यपि कारोबार रकम भने अघिल्लो दिनको ५.१८ अर्ब रुपैयाँबाट घटेर ४.६७ अर्ब रुपैयाँमा सीमित रह्यो।

    आज १४९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनी घटेका छन् भने १२ कम्पनीको मूल्य स्थिर रह्यो। अधिकांश समूहगत सूचक हरियो रहे, व्यापार समूह सबैभन्दा धेरै २.५८ प्रतिशतले बढ्यो।

    हालै सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढ्दा स्नो रिभर्स, एपोलो हाइड्रोपावर, होटल फरेस्ट इन र सोपान फर्मास्युटिकल्स पनि उल्लेख्य बढेका छन्।

    यता, लकइन अवधि समाप्त भएपछि कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले घट्यो।

    साथै बुंगल हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सको मूल्य पनि घटेको छ।

    कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, रिडी पावर, सोलु हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रहे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images