images
images
  • इरानमाथि अमेरिकी भीषण हमला, २ जनाको मृत्यु

    काठमाडौं– अमेरिकाले इरानमाथि लगातार १२औँ दिन पनि हवाई आक्रमण जारी राखेको छ ।

    अमेरिकी सेन्ट्रल कमान्डले होर्मुज जलमार्गमा इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले आक्रमण गरिएको जनाएको छ ।

    इराक–इरान सीमास्थित शलमचेह नाकामा भएको आक्रमणमा कम्तीमा दुईजनाको मृत्यु र ११ जना घाइते भएको अलजजिराले जनाएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज क्षेत्रमा इरानले कुनै जहाजमाथि आक्रमण गरे अमेरिकाले त्यसको जवाफमा इरानको पुल वा ऊर्जा पूर्वाधारमा प्रहार गर्ने चेतावनी दिएका छन् ।

    यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरी केही मिसाइल प्रतिरक्षा प्रणाली, राडार तथा सैन्य संरचनामा क्षति पुर्‍याएको दाबी गरेको छ ।

    यसैबीच, यमनको इरान–समर्थित हुथी समूहले लाल सागरमा दुई साउदी तेल ट्यांकरमाथि मिसाइल आक्रमण गरेको दाबी गर्दै क्षेत्रीय तनाव थप चुलिएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images