काठमाडौं– अमेरिका–इरान युद्ध चर्किँदै जाँदा मध्यपूर्वमा तनाव थप बढेको छ ।
अमेरिकी सेनाले लगातार १२औँ रात इरानमा हवाई आक्रमण जारी राखेको छ भने इरानले आफ्नो पूर्वाधारमा आक्रमण भए शक्तिशाली र निर्णायक जवाफ दिने चेतावनी दिएको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानको रक्षा सिद्धान्त ‘जस्तो आक्रमण, त्यस्तै प्रतिकार’ भएको बताएका छन् ।
उनले ट्रम्पले इरानका नागरिक पूर्वाधारमा आक्रमण गरे खाडी राष्ट्रहरू मृत शहरमा परिणत गरिदिने चेतावनी दिएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटीमा हुने प्रत्येक आक्रमणको बदलामा इरानी पूर्वाधार ध्वस्त पार्ने चेतावनी दिएका थिए ।
यता इरान समर्थित हुथी विद्रोहीले लाल सागरमा तेल ट्यांकरमा आक्रमण गरेको दाबी गरेका छन् भने कुवेतले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको जनाएको छ ।
युद्धको प्रभाव विश्व ऊर्जा बजारमा पनि देखिएको छ, जहाँ ब्रेन्ट कच्चा तेलको मूल्य छ सातापछि पहिलोपटक ९५ डलर नाघेको छ ।


विश्व खबर 




















