काठमाडौं– संयुक्त राज्य अमेरिकाले साउदी अरेबियासँग नागरिक प्रयोजनका लागि आणविक ऊर्जा कार्यक्रम विकाससम्बन्धी ३० वर्षे सम्झौता गर्ने तयारी गरेको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्प प्रशासनले बुधबार सम्झौतामा हस्ताक्षर गरी घोषणा गर्ने योजना बनाएको हो ।
सम्झौताले अमेरिकी आणविक उद्योगका लागि अर्बौं डलरको व्यावसायिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
आवश्यक ठहरिएमा अमेरिकी कम्पनीहरूले साउदीमा युरेनियम संवर्धन सुविधा निर्माण गर्न सक्ने व्यवस्था पनि प्रस्तावमा समावेश छ ।
यद्यपि, केही अमेरिकी सांसद र इजरायली अधिकारीहरूले साउदीले भविष्यमा आणविक हतियार विकास गर्न सक्ने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
इरानसँगको बढ्दो तनाव र यमनका हुथी विद्रोहीसँगको पुनः चर्किएको द्वन्द्वबीच हुन लागेको यो सम्झौतालाई रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ ।


विश्व खबर 




















