काठमाडौं– लगातार ६ कारोबार दिन बढेको सेयर बजार बुधबार १३.९५ अंकले घट्दै नेप्से परिसूचक २,७१२ अंकमा झरेको छ ।
कारोबार रकम पनि अघिल्लो दिनको ६ अर्ब ६७ करोड रुपैयाँबाट घटेर ५ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ ।
आज ७७ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो ।
फाइनान्स र उत्पादन तथा प्रशोधन समूहबाहेक अधिकांश उपसूचक ओरालो लागेका छन् ।
एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढ्दा बुंगल हाइड्रोपावर, सालपा विकास बैंक र पियोर इनर्जी पनि उच्च वृद्धि हुने कम्पनीमा रहे ।
रकमका आधारमा रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र रिलायन्स स्पिनिङ मिल्सको कारोबार सबैभन्दा बढी भयो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















