images
images
  • अमेरिकासँग शान्ति वार्ता गर्न इरानको इन्कार

    काठमाडौं– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका इरानसँगको संकट अन्त्य गर्न वार्ता र सम्झौताका लागि तयार रहेको बताएका छन् ।

    तर, इरान वार्ताप्रति गम्भीर नदेखिएको उनको आरोप छ ।

    बीबीसी फारसीका अनुसार दक्षिण–पूर्वी एसियाली देशहरूको विदेशमन्त्री बैठकका क्रममा रुबियोले अमेरिका वार्ताका लागि खुला रहेको, तर इरानले सकारात्मक संकेत नदिएको बताएका हुन् ।

    यता, इरानका एक वरिष्ठ अधिकारीले रोयटर्ससँग कुरा गर्दै मध्यस्थकर्तामार्फत १० दिनको युद्धविराम प्रस्ताव प्राप्त भएको बताएका छन् ।

    यसैबीच इरानका गृहमन्त्रीले पाकिस्तान भ्रमणका क्रममा प्रधानमन्त्री शाहबाज शरीफ र सेना प्रमुख जनरल असीम मुनिरसँग भेटवार्ता गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images