images
images
  • दिल्लीमा आन्दोलन चर्कियो : १६ रेल स्टेसन बन्द, हजारौं यात्रु अलपत्र

    काठमाडौं– भारतको दिल्लीस्थित जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सिजेपी)को आन्दोलन चर्किएपछि सुरक्षा सतर्कतास्वरूप मध्य दिल्लीका १६ वटा मेट्रो स्टेसन अस्थायी रूपमा बन्द गरिएका छन् ।

    यसका कारण हजारौं यात्रु अलपत्र परेका छन् ।

    राजीव चोक, सेन्ट्रल सेक्रेटारियट, मन्डी हाउसलगायतका व्यस्त स्टेसन बन्द भएपछि यात्रुहरू वैकल्पिक यातायात प्रयोग गर्न बाध्य भएका छन् ।

    संसद्को मनसुन अधिवेशन जारी रहेका बेला प्रदर्शनकारीहरू संसदतर्फ अघि बढ्न खोजेपछि प्रहरीले सुरक्षा कडा पारेको हो ।

    आन्दोलन थप चर्किएपछि केन्द्र सरकारले सिआरपिएफका थप २० कम्पनी दिल्लीमा परिचालन गरेको छ ।

    यसैबीच सिजेपीले नीट परीक्षामा भएको भनिएको अनियमितता र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग दोहोर्‍याउँदै सरकारसँग तटस्थ स्थानमा वार्ताका लागि तयार रहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images