images
images
  • सुन–चाँदीको भाउ आकाशियो, प्रतितोला ३ लाख नजिक (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा आज सुन–चाँदीको मूल्य वृद्धि भएको छ ।

    हिजो मंगलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ४०० र चाँदी ११० ले बढेको हो ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४८० निर्धारण भएको छ ।

    हिजो प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ३७० निर्धारण भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images