काठमाडौं– प्रधानमन्त्री बालेन शाह सरकारले बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालन गर्ने नीति अन्तर्गत हेटौंडा कपडा उद्योगको परीक्षण उत्पादनको जिम्मा नेपाली सेनालाई दिएको छ ।
सेनाले मेसिन मर्मत, कच्चापदार्थ खरिद र परीक्षण उत्पादनको तयारी सुरु गरिसकेको छ भने सरकारले प्रारम्भिक बजेटसमेत उपलब्ध गराएको छ ।
सरकारले भविष्यमा अन्य रुग्ण उद्योग सञ्चालनको जिम्मेवारी पनि सेनालाई दिने तयारी गरिरहेको स्रोतहरूको दाबी छ ।
यद्यपि पूर्वअर्थमन्त्री प्रकाशशरण महत र पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानलगायत विज्ञहरूले सेनालाई उद्योग सञ्चालनमा लगाउनु उपयुक्त नभएको भन्दै निजी क्षेत्रमार्फत सञ्चालन गरिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
सरकारले भने परीक्षण उत्पादनको नतिजाका आधारमा उद्योगको दीर्घकालीन सञ्चालनको मोडेल तय गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















