images
images
  • रूसविरुद्धको युद्धमा हतियार खरिद गर्न युक्रेनलाई ६९ करोड ऋण

    काठमाडौं– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले युक्रेनको ऋण कार्यक्रमको समीक्षा गर्दै युक्रेनलाई तत्काल ६९ करोड डलर थप ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।

    युक्रेनले आर्थिक स्थिरता कायम राख्न स्थिती र सुधारमा आवाश्यक कार्य गर्न दबाब दिइरहेको अवस्थामा रूसले आफ्नो आक्रमण निरन्तर जारी राखेको समयमा यो समीक्षा आएको हो ।

    सन् २०२२ को सुरुवातमा रूसले युक्रेनमाथी आक्रमण गरेर सुरु भएको दुई देश बीचको युद्ध हाल पाँचौँ वर्ष सम्म पनि चलिरहेको छ ।

    युक्रेनले रूसको निरन्तर आक्रमण अधिक चुनौतीपूर्ण बाह्य वातावरण र जोखिमहरूको असाधारण अवस्थाका बाबजुद समष्टि आर्थिक र वित्तीय स्थिरता कायम राखेको जनाउदै आइएमएफले युक्रेनको ऋण कार्यक्रमको प्रदर्शन समग्रमा सन्तोषजनक भएको बताएको छ ।

    आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिवाले कार्यकारी बोर्डको छलफल पछि द्वन्द्वको सामना गर्न युक्रेनले उल्लेखनीय उद्धारता जारी राखेको बताएका छन् ।

    समष्टि आर्थिक स्थिरताको संरक्षणलाई तत्काल प्राथमिकता दिनु पर्ने बताउदै उनले वित्तीय क्षेत्रको उद्धारताको रक्षा गर्ने उपायहरूका साथसाथै विवेकपूर्ण वित्तीय नीति र मौद्रिक नीति तयार गरी अघि बढ्न पनि आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images