images
images
  • लगातार छैटौं दिन बढ्यो सेयर बजार, कारोबार ६.६७ अर्ब रुपैयाँ

    काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार लगातार छैटौं कारोबार दिन पनि बढेको छ ।

    नेप्से ७.२५ अंकले उकालो लाग्दै २,७२६.०६ विन्दुमा पुगेको छ, जुन जेठ २८ यताकै उच्च स्तर हो ।

    आज ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    कारोबारमा १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको घट्यो भने १२ कम्पनी स्थिर रहे ।

    समूहतर्फ व्यापार, अन्य, उत्पादन तथा प्रशोधन, लगानी र बैंकिङ समूह बढेका छन् भने विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहमा सामान्य गिरावट देखिएको छ ।

    एभरेस्ट कलर, कालंगा हाइड्रोपावर र बोटलर्स नेपाल (बालाजु) सर्वाधिक बढ्ने कम्पनीमा रहे ।

    कारोबार रकमका आधारमा रिडी पावर, आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रहे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images