images
images
  • भारतमा शिक्षामन्त्रीको राजीनामा माग्दै भव्य आन्दोलन

    काठमाडौं– भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ‘कक्रोच जनता पार्टी’ (सीजेपी)को आन्दोलन जारी छ ।

    सोमबार नयाँदिल्लीमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १७८ जना घाइते भएका थिए, जसमा ११८ जना प्रहरी र करिब ६० जना प्रदर्शनकारी छन् ।

    आन्दोलनका संयोजक आशुतोष रङ्काले सरकार माग पूरा नगरेसम्म आन्दोलन नरोकिने बताएका छन् ।

    प्रदर्शनकारीले शिक्षामन्त्रीको राजीनामासँगै सार्वजनिक परीक्षा प्रणालीमा व्यापक सुधारको माग गरेका छन् ।

    भारतमा हालै सार्वजनिक भएका परीक्षा अनियमितता र प्रश्नपत्र विवादका कारण विद्यार्थी असन्तुष्टि बढ्दै गएको छ ।

    विश्लेषकहरूले यस आन्दोलनलाई प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालयताको सबैभन्दा ठूलो विद्यार्थी आन्दोलनमध्ये एकका रूपमा हेरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images