काठमाडौं– मध्यपूर्वमा बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग १० दिने अस्थायी युद्धविराम स्वीकार गर्ने वा इजरायलसँग मिलेर थप सैन्य अभियान अघि बढाउने भन्ने विषयमा दोधारमा रहेको अमेरिकी सञ्चारमाध्यम एक्सियोसले जनाएको छ ।
रिपोर्टअनुसार कतार, इजिप्ट, पाकिस्तानलगायतका मध्यस्थकर्ताले अमेरिका–इरानबीच १० दिने युद्धविराम, स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन र दीर्घकालीन वार्ताको प्रस्ताव गरेका छन् ।
ट्रम्प प्रशासनले उक्त प्रस्तावको समीक्षा गरिरहेको भए पनि अन्तिम निर्णय भएको छैन ।
यसैबीच अमेरिकाले क्षेत्रमा थप लडाकु विमान र हवाई इन्धन आपूर्ति साधन तैनाथ गरेको छ भने इजरायलले कूटनीति असफल भए व्यापक सैन्य कारबाहीका लागि तयारी गरिरहेको बताइएको छ ।
इरानले पनि अमेरिकी आक्रमणको कडा जवाफ दिने चेतावनी दिएको छ ।
दुवै पक्षले हालसम्म युद्धविराम प्रस्ताव स्वीकार नगरेकाले क्षेत्रीय तनाव अझै उच्च रहेको एक्सियोसले उल्लेख गरेको छ ।


विश्व खबर 




















