काठमाडौं– स्थानीय बजारमा मंगलबार सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यो सोमबारको तुलनामा प्रतितोला १ हजार रुपैयाँ बढी हो ।
सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ मा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी प्रतितोला ४ हजार ३ सय ७० रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार यसको मूल्य ४ हजार ३ सय २० रुपैयाँ रहेको थियो ।
यसअनुसार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ ले वृद्धि भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ६३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
विश्व बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















