काठमाडौं– बौद्धमा एक महिलाले शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेकी छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान करिब २ः५० बजे काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक २७ वर्षीया सालु गुरुङले श्रीमान्सँग विवादपछि आफ्नै खाजाघर पछाडिको पार्किङमा शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन् ।
श्रीमान्ले आगो निभाई तत्काल उपचारका लागि अस्पताल पुर्याएका थिए ।
प्रारम्भिक उपचारपछि उनलाई कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको छ ।
प्रहरीले अनुहार, छाती र दुवै हातमा गरी करिब ५० प्रतिशत भाग जलेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















