काठमाडौं– सरकारले साउन १ गतेदेखि निजी अस्पताल र निजी शिक्षण संस्थाले लिने सबै प्रकारका सेवा शुल्कमा ३ प्रतिशत ‘समता शुल्क’ लागू गरेको छ ।
यससँगै निजी अस्पतालका शवगृह (मर्चुअरी)मा शव राख्ने शुल्कमा समेत ३ प्रतिशत अतिरिक्त शुल्क लाग्ने भएको छ ।
निजी अस्पताल सञ्चालकहरूले ओपीडी, उपचार, एम्बुलेन्स, औषधि तथा शवगृह सेवासहित सबै बिलमा शुल्क थपिने बताएका छन् ।
अस्पताल सञ्चालक र चिकित्सकहरूले यसलाई बिरामीमाथिको अतिरिक्त आर्थिक भार भन्दै विरोध गरेका छन् ।
यस्तै, निजी विद्यालयमा पनि विद्यार्थीबाट लिने शुल्कमा ३ प्रतिशत समता शुल्क लाग्ने व्यवस्था भएपछि प्याब्सनले हाललाई करसहितको बिल नपठाउन विद्यालयहरूलाई आग्रह गरेको छ ।
सरकारसँग निर्णय पुनर्विचार गर्न माग गर्दै अभिभावक, स्वास्थ्य संस्था र निजी शिक्षण संस्थाहरूले चर्को विरोध जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















