काठमाडौं– नेपाली बजारमा सोमबार पनि सुन–चाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेर २ लाख ८४ हजार ६ सय रुपैयाँ पुगेको छ ।
आइतबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ मा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँ बढेर ४ हजार ३ सय २० रुपैयाँ पुगेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले सुन–चाँदीमा कर लगाएसँगै मूल्य साह्रै महँगिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार १६ अमेरिकी डलर आसपास कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















