images
images
  • इराकमा इरानी आक्रमण : १ अमेरिकी सैनिकको मृत्यु

    बगदाद– उत्तरी इराकमा इरानको आक्रमणका क्रममा एक अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ ।

    अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार खसालिएको इरानी ड्रोनमा रहेको निष्क्रिय नभएको विष्फोटक पदार्थ सुरक्षित रूपमा विस्फोट गराउने क्रममा सैनिकको ज्यान गएको हो भने अर्का एक सैनिक घाइते भएका छन् ।

    यो घटना जोर्डनस्थित अमेरिकी सैन्य बेसमा भएको आक्रमणमा दुई अमेरिकी सैनिक मारिएको र एक जना बेपत्ता भएको भोलिपल्ट भएको हो ।

    सेन्टकमले जोर्डन आक्रमणस्थलमा फेला परेको अज्ञात अवशेषको पहिचान प्रक्रिया जारी रहेको जनाएको छ ।

    इरान–अमेरिका तनाव आठौँ दिनसम्म जारी रहँदा दुवै पक्षले एकअर्कामाथि आक्रमण गरिरहेका छन् ।

    अमेरिकी सेनाले आफ्ना पछिल्ला कारबाहीहरू इरानको सैन्य क्षमता कमजोर पार्न र जोर्डन आक्रमणका जिम्मेवार समूहलाई लक्षित गरिएको जनाएको छ ।

    यससँगै जारी द्वन्द्वमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या १७ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images