images
images
  • विश्वभर रहेका आफ्ना नागरिकलाई सतर्क रहन अमेरिकाको चेतावनी

    काठमाडौं– अमेरिकाको विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै नयाँ सुरक्षा चेतावनी जारी गरेको छ ।

    पश्चिम एसियामा बढ्दो तनावका कारण सुरक्षा अवस्था जटिल बन्दै गएको र कुनै पनि बेला परिस्थिति थप बिग्रन सक्ने मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले अमेरिकी नागरिकलाई स्थानीय सुरक्षा सूचना तथा नजिकको अमेरिकी दूतावासले जारी गर्ने निर्देशन पालना गर्न, यात्रा गर्दा सावधानी अपनाउन तथा अन्तर्राष्ट्रिय उडान प्रभावित हुन सक्ने भएकाले यात्रा योजना सचेत भएर बनाउन आग्रह गरेको छ ।

    अमेरिका–इरानबीच युद्धविराम भंग भएपछि पुनः सैन्य तनाव बढेको छ ।

    दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण भइरहेका कारण क्षेत्रीय सुरक्षा जोखिम थप बढेको अमेरिकी विदेश मन्त्रालयको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images