काठमाडौं– इरानले कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ‘अपरेसन लाइटनिङ’को १७औँ चरण सुरु गरेको दाबी गरेको छ ।
बीबीसी फारसीका अनुसार इरानी सेनाले जारी गरेको विज्ञप्तिमा क्याम्प अल–अदिरीस्थित अमेरिकी हतियार भण्डार र अली अल(सलेम एयर बेसलाई निशाना बनाइएको उल्लेख छ ।
इरानले अमेरिकी आक्रमणको जवाफस्वरूप लगातार सैन्य कारबाही गरिरहेको जनाएको छ ।
यद्यपि यी दाबी स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् ।
उता, कुवेती सेनाले इरानी हवाई आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















