तेहरान– अमेरिका र इरानबीचको सैन्य तनाव फेरि तीव्र बनेसँगै पश्चिम एसियामा व्यापक क्षेत्रीय युद्धको जोखिम बढेको विश्लेषण गरिएको छ ।
विश्लेषकहरूका अनुसार आक्रमण–प्रतिआक्रमणको श्रृंखला निरन्तर बढिरहेको छ भने यमनका इरान समर्थित हुथी विद्रोही र साउदी अरेबियाबीचको तनावले सुरक्षा अवस्था थप जटिल बनाएको छ ।
यसैबीच, स्ट्रेट अफ होर्मुज क्षेत्रमा समुद्री यातायात प्रभावित भएको र इरानले अमेरिकी सैन्य अड्डा रहेका छिमेकी मुलुकहरूलाई पनि आवश्यक परे निशाना बनाउन सक्ने चेतावनी दोहोर्याएको बताइएको छ ।
इजरायली सुरक्षा विश्लेषक ड्यानी सिट्रिनोविजका अनुसार अमेरिका–इरानबीच कूटनीतिक पहल असफल भए द्वन्द्व मध्यपूर्वभर फैलिने र ठूलो क्षेत्रीय युद्धमा रूपान्तरण हुने जोखिम झन् बढ्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















