तेहरान– इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकाले बारम्बार सम्झौता उल्लंघन गरेकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरको विश्वसनीयता समाप्त भएको बताएका छन् ।
रोयटर्सका अनुसार शनिबार जारी वक्तव्यमा खामेनीले इरान–अमेरिका समझदारी पटक–पटक उल्लंघन भएकाले ट्रम्पमाथि विश्वास गर्न नसकिने दाबी गरे ।
उनले अमेरिकी प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएको आरोप पनि लगाए ।
गत साता भएको युद्धविराम भंग भएपछि दुवै पक्षबीच पुनः सैन्य तनाव बढेको छ ।
यसले पश्चिम एसियामा सुरक्षा चुनौती थप गम्भीर बन्न सक्ने चिन्ता बढाएको छ ।
खामेनीले अमेरिका र उसका सहयोगीलाई चेतावनी दिँदै इरानी जनता र प्रतिरोध मोर्चाबाट ‘कहिल्यै नबिर्सने पाठ’ सिक्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
तर, त्यसका लागि इरानले चाल्ने सम्भावित कदमबारे उनले थप खुलाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















