images
images
  • नेतान्याहूलाई पक्राउ गर्ने सम्भावनाबारे अध्ययनमा न्यूयोर्कका मेयर ममदानी

    काठमाडौं– न्यूयोर्क सहरका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क आएमा पक्राउ गर्न सकिने कानुनी सम्भावनाबारे आफ्नो प्रशासनले अध्ययन गरिरहेको बताएका छन् ।

    आईसीसीले सन् २०२४ मा गाजा युद्धसँग सम्बन्धित युद्ध अपराध र मानवताविरुद्धका अपराधको आरोपमा नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    तर अमेरिका रोम विधानको पक्षराष्ट्र नभएकाले उक्त पुर्जी कार्यान्वयन गर्न कानुनी रूपमा बाध्य छैन ।

    ममदानीले आफू कानुनी प्रक्रियाभित्रै रहेर अघि बढ्ने बताएका छन् ।

    यता अमेरिकी अधिकारीहरूले यस्तो कदमलाई असम्भव र राजनीतिक नाटकको संज्ञा दिएका छन् भने नेतान्याहूले यसबारे कुनै चिन्ता नरहेको प्रतिक्रिया दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images