वासिङ्टन– जोर्डनस्थित अमेरिकी सैन्य आधारमा भएको आक्रमणले इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार रहेको संकेत दिएको अमेरिकी सुरक्षा विश्लेषकले बताएका छन् ।
अमेरिकी वायुसेनाका अवकाशप्राप्त कर्णेल सेड्रिक लेटनका अनुसार अल–अजराक हवाई अड्डामा भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक सैनिक बेपत्ता छन् ।
उनले इरानले टाढासम्म प्रहार गर्न सक्ने क्षमतायुक्त हतियार प्रयोग गर्ने रणनीति कायम राखेको बताए ।
लेटनले अमेरिकी सेनाले पनि इरानको पश्चिमी क्षेत्रमा सैन्य कारबाही तीव्र बनाएको उल्लेख गर्दै पछिल्ला दिनमा अमेरिका–इरानबीच आक्रमण र प्रतिआक्रमणको गति उल्लेखनीय रूपमा बढेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















