काठमाडौं– जोर्डनमा इरानी ड्रोन तथा मिसाइल आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले इरानविरुद्ध नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ ।
अमेरिकी सेनाले लगातार आठौँ रात इरानका सैन्य लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिकको मृत्युको प्रतिक्रिया दिँदै इरानलाई आणविक हतियार विकास गर्न नदिने बताएका छन् ।
अमेरिकी सेनाका अनुसार युद्ध सुरु भएयता १६ अमेरिकी सैनिकको मृत्यु भएको छ भने ४३० भन्दा बढी घाइते भएका छन् ।
यसबीच इरानले अमेरिकामाथि सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ ।
अमेरिकी सेनाले हालका आक्रमणहरू होर्मुज जलमार्गमा इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले गरिएको जनाएको छ ।
अमेरिका–इरानबीचको सैन्य तनाव थप चर्किँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















