images
images
  • इरानी आक्रमणमा कुवेतका पानी प्रशोधन केन्द्रहरू नष्ट, खानेपानी आपूर्ति बन्द

    काठमाडौं– कुवेतको विद्युत् उत्पादन तथा समुद्री पानी प्रशोधन (डिसालिनेसन) केन्द्रमा इरानको आक्रमणपछि खानेपानी आपूर्तिमा असर पर्ने चिन्ता बढेको छ ।

    शुक्रबार भएको आक्रमणमा विद्युत् केन्द्रका केही एकाइमा क्षति पुगेको र आगलागी भएको कुवेती अधिकारीहरूले बताएका छन् ।

    आगो नियन्त्रणमा लिइएको छ भने अत्यावश्यक सेवा सञ्चालनमा राख्न आपतकालीन व्यवस्था लागू गरिएको छ ।

    कुवेतको करिब ९० प्रतिशत खानेपानी डिसालिनेसन प्रणालीमा निर्भर भएकाले यस्ता पूर्वाधारमा हुने आक्रमणले लाखौँ नागरिक प्रभावित हुन सक्ने विज्ञहरूको चेतावनी छ ।

    पछिल्ला घटनाले खाडी क्षेत्रमा ऊर्जा सुरक्षासँगै पानी आपूर्ति प्रणाली पनि संवेदनशील सुरक्षा मुद्दा बनेको देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images