काठमाडौं– अमेरिकाले इरानका नागरिक पूर्वाधारमाथिको आक्रमण तीव्र बनाएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार पछिल्लो हवाई आक्रमणमा हर्मुजान प्रान्तका पुलहरू, ऊर्जा पूर्वाधार तथा चाबहार बन्दरगाहस्थित एक टावरमा क्षति पुगेको छ ।
इरानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला ६ दिनमा अमेरिकी आक्रमणमा कम्तीमा ३८ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआए थप विद्युत् गृह र पुलहरूलाई निशाना बनाइने चेतावनी दिएका छन् ।
उता, इरानले सार्वजनिक पूर्वाधारमाथिको आक्रमणलाई युद्ध अपराध भन्दै अमेरिकाको आलोचना गरेको छ ।
अमेरिकी आक्रमणको जवाफमा इरानले कतार, कुवेत, बहराइन र जोर्डनतर्फ मिसाइल प्रहार गरेको जनाएको छ ।
यससँगै हर्मुज जलमार्ग केन्द्रित तनाव थप चर्किएको छ ।
सैन्य विश्लेषकहरूले नागरिक पूर्वाधारमा केन्द्रित यी आक्रमणले युद्धको रणनीतिमा नयाँ मोड आएको संकेत गरेको बताएका छन् ।


विश्व खबर 




















