images
images
  • इरानमा अमेरिकाको लगातार आक्रमण : ३८ जनाको मृत्यु, ४०० बढी घाइते

    काठमाडौं– अमेरिकाले इरानका विभिन्न प्रान्तमा हवाई आक्रमण तीव्र बनाएको छ ।

    इरानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कम्तीमा ३८ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन् ।

    होर्मोजगन, बुसेहर, सिस्तान–बलूचिस्तान, खुजेस्तान र लोरेस्तान प्रान्तमा भएका आक्रमणमा पुल, ऊर्जा पूर्वाधार तथा सामुद्रिक निगरानी संरचनामा क्षति पुगेको छ ।

    चाबहारस्थित शाहिद कलन्तरी बन्दरगाहको समुद्री नियन्त्रण टावर ध्वस्त भएको पुष्टि अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले गरेको छ ।

    इरानले अमेरिकी आक्रमणले नागरिक पूर्वाधारलाई समेत निशाना बनाएको आरोप लगाएको छ भने अमेरिकाले इरानी सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले कारबाही गरिएको जनाएको छ ।

    यसैबीच, इरानले बहराइन, कुवेत, सिरिया र ओमानमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै जवाफी आक्रमण सुरु गर्ने घोषणा गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images