images
images
  • प्रम बालेनको कार्यालयबाट को–कसले खान्छ तलब–भत्ता, छैन कुनै रेकर्ड

    काठमाडौं– सुशासन र पारदर्शिताको प्रतिबद्धता जनाएको प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको आफ्नै कार्यालयमा पारदर्शितामाथि प्रश्न उठेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा प्रधानमन्त्रीको जीवनी, सल्लाहकार तथा राज्यकोषबाट सेवा–सुविधा लिने पदाधिकारीहरूको विवरण अझै सार्वजनिक गरिएको छैन ।

    प्रधानमन्त्रीको सचिवालयमा कार्यरत सल्लाहकार तथा अन्य पदाधिकारीहरूले राज्यकोषबाट तलब–भत्ता बुझ्ने भए पनि उनीहरूको आधिकारिक सूची वेबसाइटमा अद्यावधिक गरिएको छैन ।

    यस विषयमा कार्यालयका सूचना अधिकारीले जानकारी नभएको बताएका छन् भने सम्बन्धित प्रवक्तासँग सम्पर्क हुन सकेको छैन ।

    सुशासनको नारा बोकेको सरकारकै प्रमुख कार्यालयमा आधारभूत सूचना सार्वजनिक नगरिनुले पारदर्शिताप्रति सरकारको प्रतिबद्धतामाथि प्रश्न उठेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images