काठमाडौं– इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरी केही अमेरिकी लडाकु तथा इन्धन भर्ने ट्यांकर विमान ध्वस्त पारेको दाबी गरेको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले ‘अपरेसन नस्र–२’ अन्तर्गत दुई चरणमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रयोग गरिएको जनाएको छ ।
इरानको सरकारी टेलिभिजनले पनि जोर्डनमा रहेका अमेरिकी सैन्य विमानहरूलाई लक्षित गरिएको दाबी गरेको छ ।
तर, अमेरिका र जोर्डनले इरानको दाबी पुष्टि गरेका छैनन् ।
जोर्डनको सेनाले भने आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका तीनवटा मिसाइल बीचमै खसालेको जनाएको छ ।
हालसम्म इरानको दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















