काठमाडौं– अमेरिकाले इरानविरुद्ध सम्भावित ठूलो सैन्य कारबाहीको तयारी तीव्र बनाउँदै इजरायलमा थप दर्जनौं रिफ्युलिङ विमान पठाउने योजना बनाएको छ ।
अमेरिकी र इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सैन्य विकल्पमाथि छलफल गरिरहेको जनाएका छन् ।
रिपोर्टअनुसार अमेरिकाले इरानका आणविक केन्द्र, ऊर्जा पूर्वाधार तथा अन्य रणनीतिक लक्ष्यमा आक्रमण गर्ने विकल्पहरू विचार गरिरहेको छ, यद्यपि अन्तिम निर्णय भइसकेको छैन ।
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानलाई कडा चेतावनी दिँदै इजरायलमाथि आक्रमण भए त्यसको जवाफ पहिलेभन्दा अझ शक्तिशाली हुने बताएका छन् ।
हाल इजरायलका प्रमुख विमानस्थलहरूमा करिब ६० अमेरिकी रिफ्युलिङ विमान तैनाथ छन् भने थप विमान पठाउने तयारीले क्षेत्रीय तनाव अझ बढ्ने संकेत देखिएको छ ।


विश्व खबर 




















