images
images
  • रास्वपा सरकारको उपहार : आजदेखि शिक्षा, स्वास्थ्य र बिजुली महँगियो, नयाँ कर कार्यान्वयनमा

    काठमाडौं– साउन १ देखि सरकारको नयाँ कर नीति लागू भएसँगै शिक्षा, स्वास्थ्य र घरायसी विद्युत् उपभोगमा उपभोक्ताको अतिरिक्त खर्च बढ्ने भएको छ ।

    बजेटमार्फत निजी स्वास्थ्य सेवामा ३ प्रतिशत स्वास्थ्य समता शुल्क, निजी विद्यालयमा ३ प्रतिशत शैक्षिक समता शुल्क तथा ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत भ्याट लागू गरिएको छ ।

    सरकारका अनुसार यी व्यवस्थाले राजस्व संकलन र सामाजिक क्षेत्रमा लगानी बढाउने उद्देश्य राखे पनि उपभोक्ता र विभिन्न सरोकारवालाले यसले आमनागरिकको जीवनयापन थप महँगो बनाउने भन्दै आलोचना गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images