images
images
  • सुन–चाँदीको भाउ सस्तियो, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार १ सय रुपैयाँ घटेर २ लाख ८२ हजार १ सय रुपैयाँ कायम भएको छ ।

    बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १२५ रुपैयाँ घटेर ४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँ थियो ।

    अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३ हजार ९ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images