images
images
  • परिचारिकामाथि यात्रुले हातपात गरेपछि विमान अवतरण

    काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उड्न लागेको एयर इन्डियाको उडान नम्बर AI-220 मा एक यात्रुले जहाज उड्नुअघि विमान परिचारिकासँग विवाद गरेपछि उनलाई जहाजबाट ओरालिएको छ ।

    विमानस्थल स्रोतका अनुसार टेकअफको तयारी भइरहेका बेला ती यात्रुले शौचालय जान खोजेका थिए ।

    उडानको संवेदनशील चरण भएकाले अनुमति नदिएपछि उनले विवाद गर्दै विमान परिचारिकामाथि हातपातसमेत गरेका थिए ।

    घटनापछि रनवेमा पुगिसकेको जहाजलाई पाइलटले पार्किङमा फर्काएका थिए ।

    ती यात्रुलाई नियन्त्रणमा लिएपछि जहाज पुनः उडानको तयारी गरिएको स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images