images
images
  • नेप्सेमा सामान्य सुधार, कारोबार ४.५६ अर्ब पुग्यो

    काठमाडौं– बिहीबार नेप्से परिसूचक ७.५० अंकले बढेर २,५९७.८० विन्दुमा पुगेको छ ।

    बजारसँगै कारोबार रकम पनि बढ्दै ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

    आज ३७१ कम्पनीका ९४ लाख ६९ हजार कित्ता सेयर किनबेच भए। १२१ कम्पनीको मूल्य बढ्दा १५१ कम्पनीको घट्यो भने ३ कम्पनी स्थिर रहे ।

    एनआइबिएल ग्रोथ फण्ड १४.९६ प्रतिशतले बढेर सर्वाधिक लाभमा रह्यो भने कर्पोरेट डेभलपमेन्ट बैंक ८.७७ प्रतिशतले घटेर सर्वाधिक गुमाउने कम्पनी बन्यो ।

    सिंगटी हाइड्रो इनर्जीको २४ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदै सर्वाधिक कारोबार भएको कम्पनी बन्यो ।

    म्युचुअल फण्ड समूहको परिसूचक १.६६ प्रतिशतले बढ्दै सबैभन्दा बढी सुधार देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images