काठमाडौं– युक्रेनमा बुधवार भएको रूसी आक्रमणका कारण छ जनाको मृत्यु हुनुका साथै कम्तिमा २० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरुका अनुसार आक्रमणहरूले कालो सागरको बन्दरगाह शहर ओडेसा र रूसको सीमा नजिकैको उत्तरपूर्वी शहर सुमीका औद्योगिक तथा चिकित्सा सुविधाहरूलाई लक्षित गरेको थियो ।
रूसी पक्षबाट छ वटा निर्देशित हवाई बम प्रहार गरिएको बताउदै सुमीका क्षेत्रीय गभर्नर ओलेग ग्रिगोरोभले यस क्षेत्रमा तीन जनाको मृत्यु भएको हुनका साथै १७ जना घाइते भएको पुष्टि गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















