images
images
  • अध्यादेशबाट हटाइएका जोशी पुनः उपकुलपतिमा नियुक्त

    काठमाडौं– सरकारले अध्यादेशमार्फत पदमुक्त गरेका प्राडा सुनिलकुमार जोशीलाई पुनः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेको छ ।

    बुधबार बसेको विश्वविद्यालय सभाको निर्णयअनुसार डा भीमबहादुर चन्द रजिस्ट्रार नियुक्त भएका छन् ।

    सिफारिस समितिले योग्यताक्रमका आधारमा गरेको मूल्यांकनपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नियुक्तिको घोषणा गरेका हुन् ।

    मन्त्री पोखरेलले प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको दाबी गर्दै नवनियुक्त पदाधिकारीको नेतृत्वमा यसै वर्षदेखि विश्वविद्यालयमा शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालन हुने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images