images
images
  • अमेरिकी हवाई आक्रमणमा ७ इरानी सेनाको मृत्यु

    काठमाडौं– इरानी सेनाले सिस्तान–बलुचिस्तान प्रान्तको बामपुरस्थित सैन्य अड्डामा अमेरिकी आक्रमण हुँदा आफ्ना ७ सैनिक मारिएको जनाएको छ ।

    इरानी सेनाको जनसम्पर्क विभागका अनुसार बुधबार बिहान आवासीय क्षेत्रमा करिब १३ वटा मिसाइल प्रहार गरिएको थियो, जसमा इरानसहरस्थित ३८८औँ ब्रिगेडका ७ सैनिकको मृत्यु भएको र धेरै सैनिक घाइते भएका छन् ।

    यसअघि बामपुरसहित फारसी खाडी र हर्मुज स्ट्रेट आसपासका तटीय क्षेत्रमा विस्फोट भएको खबर सार्वजनिक भएको थियो ।

    घटनाबारे अमेरिकाले भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images