काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेर २,५९० विन्दुमा पुगेको छ ।
दिनभर बजार सकारात्मक रहे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै आधा घटेर ४ अर्ब १६ करोड रुपैयाँमा सीमित भयो ।
आज १९१ कम्पनीको सेयर मूल्य बढ्दा ६४ कम्पनीको घट्यो भने १९ कम्पनीको मूल्य स्थिर रह्यो ।
विकास बैंक समूह १.३७ प्रतिशतले सर्वाधिक बढ्यो भने लगानी समूह ०.४६ प्रतिशतले घट्यो ।
नारायणी डेभलपमेन्ट बैंक, थ्रीस्टार हाइड्रोपावर, सागर डिस्टिलरी र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले उल्लेखनीय लाभ कमाए ।
कारोबारका आधारमा सिद्धार्थ बैंक, आँखुखोला जलविद्युत्, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स र एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रहे ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















