images
images
  • मृत्युको व्यापारीको मृत्यु : इरान

    काठमाडौं– अमेरिकी रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको निधनले इजरायल–अमेरिका सम्बन्ध र युक्रेनलाई दिइँदै आएको अमेरिकी समर्थनमा प्रभाव पर्ने विश्लेषण गरिएको छ ।

    ट्रम्पका निकट सहयोगी मानिएका ग्राहम इजरायलका कट्टर समर्थक, युक्रेनका पक्षधर र इरानका कडा आलोचक थिए ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ग्राहमलाई इजरायलको सबैभन्दा ठूलो समर्थक भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन् भने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनलाई स्वतन्त्रता र लोकतान्त्रिक मूल्यका सशक्त रक्षकको संज्ञा दिएका छन् ।

    ग्राहमको निधनसँगै रुसविरुद्ध कडा प्रतिबन्ध लगाउने अमेरिकी विधेयक पारित गर्ने अभियानले थप गति लिन सक्ने अमेरिकी सांसदहरूले बताएका छन् ।

    उक्त विधेयक ग्राहमकै पहलमा अघि बढाइएको थियो ।

    इजरायलका लागि अमेरिकी हतियार सहयोग, इरानविरुद्ध कडा नीति र इजरायल–साउदी अरब सम्बन्ध सुधारमा ग्राहमको महत्वपूर्ण भूमिका रहेको मानिन्छ ।

    इरानी सरकारी सञ्चारमाध्यमले उनको मृत्युलाई लिएर खुसी व्यक्त गरेको भने मृत्युको व्यापारीको मृत्यु शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

    उनको अनुपस्थितिले अमेरिकी विदेश नीतामा, विशेषगरी मध्यपूर्व र युक्रेनसम्बन्धी रणनीतिमा प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images