images
images
  • सुन–चाँदीको मूल्य बढ्यो (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेको हो ।

    यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले वृद्धि भई ४ हजार ४१५ रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images