images
images
  • १ आर्थिक वर्ष, ३ अर्थमन्त्री : बजेट ल्याउने अर्थमन्त्री नै हिरासतमा

    काठमाडौं– आर्थिक वर्ष २०८२/८३ नेपालको राजनीतिक तथा आर्थिक इतिहासमा असामान्य वर्षका रूपमा दर्ज भएको छ ।

    सत्ता परिवर्तनका कारण एउटै आर्थिक वर्षमा विष्णुप्रसाद पौडेल, रामेश्वर खनाल र डा.स्वर्णिम वाग्ले गरी तीन जना अर्थमन्त्री बने ।

    विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याए पनि जेन–जी विद्रोहपछि सरकार परिवर्तन हुँदा त्यसको कार्यान्वयनको नेतृत्व गर्न पाएनन् ।

    अन्तरिम सरकारका अर्थमन्त्री बनेका रामेश्वर खनालले बजेट संशोधन गरे पनि चुनाव केन्द्रित कार्यसूचीका कारण अपेक्षित खर्च हुन सकेन ।

    त्यसपछि बालेन्द्र शाह नेतृत्वको सरकारमा डा.स्वर्णिम वाग्ले अर्थमन्त्री बने ।

    आर्थिक वर्षको अन्त्यसम्म कुल बजेट खर्च करिब ८० प्रतिशत पुगे पनि पुँजीगत खर्च ५० प्रतिशतभन्दा कम रहने निश्चित भएको छ ।

    अर्थविद्हरूले बजेट कार्यान्वयन कमजोर भएको टिप्पणी गरेका छन् भने सरकारले राजनीतिक संक्रमण, मध्यावधि निर्वाचन र अन्तर्राष्ट्रिय परिस्थितिलाई यसको प्रमुख कारण मानेको छ ।

    यस वर्षको सबैभन्दा चर्चित घटनामध्ये एक भने बजेट प्रस्तुत गर्ने तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल नै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा पक्राउ परेर प्रहरी हिरासतमा पुग्नु रह्यो ।

    शेयर कारोबार र अस्वाभाविक सम्पत्ति आर्जनसम्बन्धी आरोपमा उनीविरुद्ध अनुसन्धान जारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images